Mr. Chhapiraj Pant
Chairman, Nepal Transit and Warehousing Company Limited
MR. PRAKASH PRASAD POKHREL
General Manager, Nepal Transit and Warehousing Company Limited
हाम्रोबारे
नेपालबाट समुन्द्रपारका मुलुकहरुमा निकासी हुने तथा ती मुलुकहरुबाट पैठारी हुने सामानहरुको निमित्त पारवहन सम्बन्धी सेवा,सुविधाहरु प्रदान गर्ने उद्देश्यले नेपाल सरकारको पूर्ण स्वामित्वमा रहने गरी वि.सं. २०२८ साल भाद्र ३० गते (सन् १९७१ सेप्टेम्वर १५) कम्पनी ऐन, २०२१ अन्तर्गत दर्ता भई स्थापना भएको नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड आफ्नो उद्देश्य अनुरुप करीब ५१ वर्ष देखि निरन्तर आफ्नो सेवामा कार्यरत छ । कम्पनीले नेपाल भित्र गोदाम तथा अन्य आवश्यक सेवा उपलब्ध गराउन विभिन्न शाखाहरु वीरगञ्ज शाखा काँकडभिट्टा शाख तातोपानी शाखा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शाखा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल शाखा तथा कोलकाता शाखा र कोलकाता शाखा अन्तर्गतका हल्दिया र राधिकापुर उपशाखा सञ्चालनमा रहेको छ । कम्पनीले हाल गोदाम सेवा क्लियरिङ्ग तथा फरवार्डिङ्ग सेवा अण्डरटेकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । वर्तमान समयमा क्ष्ऋए तथा क्ष्ऋम् सञ्चालनमा सहभागिता जनाई यस्ता सेवाहरु प्रवाह गर्ने कम्पनीको उद्देश्य रहेको छ ।'
सेवाहरू
लक्ष्य र उद्देश्यहरू
नेपालको निकासी तथा आयात व्यापारका लागि पारवहन सुविधा बढाउन र पारवहन लागत घटाउने । नेपाल भित्र र बाट सरकार र यसका उपक्रमहरूको आयात/निर्यात खेपको सम्बन्धमा सहज र छिटो क्लियरिङ र फर्वार्डिङ सेवाहरू प्रदान गर्न।